info@nawayug.com

प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने

काठमाडौं । प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने भएको छ । सातामा एक दिन गैरसरकारी प्रस्तावउपर छलफल चलाउने गरी नियमावली बनाइएको छ ।

नियमावलीको नियम ११ मा सरकारी र गैरसरकारी कार्य गरिने दिनसम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘सभाको बैठक बसेको प्रत्येक शुक्रबारको दिन प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरू दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउनेछ ।’

तर कुनै कारणवश शुक्रबारको दिन बैठक नबसेमा सभामुखले उक्त कार्यको लागि अर्को कार्यदिन तोक्न सक्नेछन् ।

यस नियमको प्रयोजनका लागि सरकारी कार्यसूची भन्नाले मन्त्रीको तर्फबाट सभामा प्रस्तुत हुने कुनै विधेयक वा प्रस्ताव वा विषय रहनेछन् भने गैरसरकारी कार्यसूची अन्तर्गत मन्त्री बाहेकको सदस्यले प्रस्तुत गर्ने विषय पर्दछन् । ति विधेयक वा प्रस्ताव वा अनय विषय हुन सक्दछन् ।

विगतमा संसदमा पुगेका थोरै गैरसरकारी विधेयक मात्रै कानुनमा रूपान्तरित भएका छन् । यस्तो अवस्था तोड्ने गरी यसपटक प्रतिनिधिसभामा सातामा एक दिन गैरसरकारी कार्यसूचीमाथि छलफल गर्ने गरी तोकिएको छ ।

प्रतिक्रिया