काठमाडौँ। जेनजी प्रदर्शन हुँदा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दाका दुई जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा सिन्धुलीको महेन्द्रझ्याडी घर भएका ३४ वर्षका भीमबहादुर वाइबा र उदयपुरको बेलका नगरपालिका–२ घर भएका ३५ वर्षीय सुरेन्द्र भुजेल भनेर चिनिने सुरेन्द्र दमाई छन् ।
प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर अर्जुन कुमार अधिकारीको कमाण्डमा खटिएको टोलीले आइतबार वाइबालाई जडीबुटी स्थित छाप्रोबाट र सुरेन्द्रलाई काभ्रेको बनेपाबाट पक्राउ गरेको हो । २०८२ साल भाद्र २४ मा जेनजी आन्दोलनको मौका छोपेर उनीहरू दुवै जना जेलबाट भागेका थिए ।
प्रहरीका अनुसार उनीहरू एउटै बलात्कार मुद्दाका फरार प्रतिवादी हुन् । उनीहरूलाई केन्द्रीय कारागारमा बुझाइने एसपी थापाले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com