काठमाडौं । भारत ए विरुद्धको एकदिवसीय खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। भारतीय टोलीका आक्रामक ओपनर वैभव सूर्यवंशीलाई स्पिनर पवन सर्राफले बोल्ड आउट गरेका छन्।
खेलको १०.३ ओभरमा पवनले वैभवलाई बोल्ड गर्दै नेपालको पक्षमा महत्वपूर्ण विकेट दिलाएका हुन्। वैभवले आउट हुनुअघि ३२ बलमा ३ चौका र १ छक्काको मद्दतले २६ रन बनाएका थिए। पवनले उक्त ओभर मेडनसमेत राखे।
वैभवको विकेटसँगै भारत ए थप दबाबमा परेको छ। यसअघि नै उसका ओपनर अभिषेक शर्मा र आयुष बदानी सस्तैमा आउट भइसकेका थिए।
११ ओभरको खेल समाप्त हुँदा भारत ए ले ४२ रन जोड्दै ३ विकेट गुमाएको छ। नेपालका बलरहरूले सुरुवातदेखि नै भारतीय ब्याटरमाथि दबाब सिर्जना गरेका छन्।
४ मङ्सिर २०८३, शुक्रबार ०४:४९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com