रुपन्देही । दाङको देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
लमही–भालुवाङ सडकखण्ड अन्तरगत राप्ती गाउँपालिका ३ बाघढड्डीमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरियाका १६ वर्षीया निशु चौधरी र १९ वर्षीया करिना चौधरी गम्भीर घाइते भएका छन् । घाइते दुवैको अहिले बुटवलस्थित लुम्बिनी सिटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ९२४८ नम्बरको ट्रक र पश्चिमबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com