info@nawayug.com

न्यायालयबारे उठेका प्रश्नको छानबिन गर्न बारद्वारा समिति गठन

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायालय र समग्र न्याय क्षेत्रमा पछिल्लो समय उठेका सवाल तथा टिप्पणीको अध्ययन गर्न समिति गठन गरेको छ।

बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्ष उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य छन्। समितिको सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहेका छन्।

समितिले न्यायालयका विषयमा उठेका टिप्पणीको तथ्य संकलन गरी न्याय क्षेत्रको समग्र सुधार र उन्नयनका लागि आवश्यक सुझाव तयार गर्नेछ।

बारका महासचिव केदारप्रसाद कोइरालाका अनुसार समितिलाई एक महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्ने समयसीमा दिइएको छ।

नेपाल बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले न्यायपालिकासम्बन्धी समसामयिक विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया