info@nawayug.com

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डाइनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने मा ठोक्किएका हुन्। अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले घटनाबारे थप विवरण संकलन भइरहेको बताएका छन्।

दुर्घटनाको कारण र क्षतिबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया