info@nawayug.com

लागुऔषध खैरो हिरोईनसहित मकवानपुरका हरि राना पक्राउ

मकवाजपुर । लागुऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् । बिहीबार हेटौँडा –१६ घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले रानालाई चेकजाँच गर्दा निजको साथबाट ३ पुरिया लाागुऔषध खैरो हिराईन फेला परेको थियो । रानाको साथकाट फेला परेको लागुऔषध १ ग्राम ६५० मिलिग्राम रहेको छ । प्रहरीले निजलाई नियनत्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया