काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।
सरकारले आज पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
२८ बैशाख २०८३, सोमबार ११:०० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com