info@nawayug.com

पत्रकार शालिकरामलाई पाँच दिनको म्याद थप, श्रीमतीलाई पनि भेट्न दिइएन

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङकी आमाको भिडिओ पहिलोपटक सार्वजनिक गरेका पत्रकार शालिकराम न्यौपानेलाई प्रहरीले पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएको छ । हिजो बिहान ११ बजेदेखि बेपत्ता भएका न्यौपानेलाई हिरासतमा राखिएकोबारे परिवारलाई आज मात्रै जानकारी गराइएको थियो । श्रीमती अस्मिता पाण्डेले खोजतलासका लागि निवेदन दिएपश्चात मात्रै प्रहरीले उनलाई पक्राउबारे जानकारी गराएको हो ।

प्रहरीले फोन गरेपछि अस्मिता श्रीमानलाई भेट्न भद्रकाली प्रहरी कार्यालय पुगेकी थिइन् । तर उनले भेट्न पाइनन् । त्यहाँ पुगेपछि मात्रै उनले श्रीमानको म्याद थपिएको थाहा पाइन् । अस्मिताले भनिन्, ‘आज भेट्न मिल्दैन, भोलि बिहान ७ बजे भेट्न बोलाएका छन् । ५ बजेसम्म मात्र भेट्न पाइन्छ भन्नुभयो । हामी अलिकति ढिला पुगेका थियौं ।’

शालिकरामलाई विद्युतीय कारोबार ऐनअन्तर्गत ५ दिनको म्याद थपिएको हो । उनले आफ्नो फेसबुक पेज ‘इन्टरटेनमेन्ट रिल्स’ मा पहिलोपटक गृहमन्त्री सुदन गुरुङकी आमाको भिडिओ पोस्ट गरेका थिए । पत्नी अस्मिताका अनुसार सो भिडिओ भाइरल भएपश्चात उनलाई हटाउनका लागि दवाव आएको थियो ।

प्रतिक्रिया