info@nawayug.com

बिहे गरेर अमेरिका लैजाने प्रलोभन,टिकटकबाट सुरु भएको चिनजानले १५ लाखभन्दा बढी ठगी

काठमाडौं ।  हालै काठमाण्डौमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको, नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा बोल्ने र प्रिन्स तामाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहारसमेत नदेखाई कुराकानीपछि पीडितलाई विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर ठगी भएको घटना बाहिरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार उनले आफ्नो बहिनी भन्दै सरगम तामाङको ह्वाट्स एपमा कुराकानी गर्न लगाई पटक–पटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको हो ।

पीडितले दिएको निवेदनका आधारमा गरिएको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट प्रिन्स तामाङ भन्ने सञ्जीव नेपाली र बहिनी सरगम तामाङ बनेर कुराकानी गरी ठगी गर्ने कार्यमा संलग्न उनकै श्रीमती अनुष्का भन्ने सरिता पराजुली रहेको खुलेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले स्याङ्जा घर भई काठमाण्डौको माछापोखरी बस्ने नेपाली र पराजुलीलाई मङ्गलबार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया