info@nawayug.com

४१२ जनाले लिए निशुल्क स्वास्थ्य सेवा

हेटौंडा। रोट¥याक्ट क्लब अफ मकवानपुर, रोट¥याक्ट क्लब अफ भरतपुर र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा भएको बृहत स्वास्थ्य शिविरमा चार सय १२ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हेटौंडा ९ स्थित प्रगती माध्यामिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरेका थिए । नाक, कान, घाँटी सम्बन्धी सबैभन्दा बढी एक सय ३२ जनाले सेवा लिएका थिए भने जनरल मेडिसिन तर्फ एक सय ७ जनाले, हाड तथा जोर्नी सम्बन्धी ८८ जना र स्त्री तथा प्रसुती सम्बन्धी ८५ जनाले स्वास्थ्य सेवा लिएको बृहत निशुल्क स्वास्थ्य शिविरका संयोजक सुष्मा बर्तौलाले जानकारी दिइन् । शिविरमा पुरानो मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुबाट प्रत्यक्ष लाभ लिन पाएकोमा उपस्थितहरुले खुशी व्यक्त गरेका छन् ।

रोट¥याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष अमित कुमार सिंहको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी प्रगती माध्यामिक विद्यालयका प्रध्यानाध्यापक किशोर पराजुली, प्रगती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र लामिछाने, रोट¥याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सुशान्त रेग्मी, कलेज अफ मेडिकल साइन्सेसका लजेस्टिक असिस्टेन्स राजन खतिवडा, रोटरी क्लब अफ मकवानपुरका पूर्व अध्यक्षहरु विजय कुमार श्रेष्ठ, कविन सांगामी, कृष्ण बहादुर कार्की, रोटरी क्लब अफ मकवानपुरका सचिव हरि कुमार शर्मा लामिछाने, रो¥याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, पूर्व अध्यक्षहरु प्रतिक्षा न्यौपाने, प्रदीप कुमार राई लगायतको उपस्थिति रहेको थियो । 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष केसीले उक्त स्वास्थ्य शिविरबाट वडाबासीहरुले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा पनि स्वास्थ्य शिविरहरुलाई निरन्तरता दिँदै अघि बढ्ने बताए । सभाध्यक्ष सिंहले स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद  दिँदै आगामी दिनहरुमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे ।


प्रतिक्रिया