info@nawayug.com

ब्राउन सुगरसहित दुई जना पक्राउ, सिरहामा प्रहरीको कारबाही

जनकपुरधाम । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति  सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोल स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लकडिगोठबाट माडर तर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु लागुऔषध सहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष १९ को सतिस दास र सोह ठाँउ निवासी वर्ष ३५ काआईसोत मण्डल रहेका छन् । 

प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार चेकजाँचको क्रममा दासले लगाएको ज्याकेटको गोजीबाट प्लाष्टिकको पोकामा रहेको अवस्थामा १५१.१० ग्राम लागुऔषध ब्राउन फेला परेको बताए ।

उनका अनुसार अभियुक्तहरुको साथबाट बरामद भएको स्क्रिन टच मोबाइल २ थान र मोटरसाकल सहित दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा हिरासत कक्षमा राखिएको छ । 

प्रतिक्रिया