जयपुर । भारतको राजस्थानस्थित झुन्झुनू जिल्लामा सडक निर्माणका क्रममा विद्युत् करेन्ट लागेर आठ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
सोमबार जिल्लाको उदयपुरवाटी तहसीलअन्तर्गत पर्ने छापोली गाउँमा सडक निर्माणका क्रममा उक्त दुर्घटना भएको हो।
उदयपुरवाटीका प्रहरी थाना प्रमुख रामपालका अनुसार सडक निर्माणमा प्रयोग भइरहेको गिट्टी–बालुवा मिसाउने मिक्सर मेसिन अचानक माथिबाट गएको उच्च क्षमताको विद्युत् प्रसारण लाइनमा छोइएको थियो। प्रसारण लाइनको सम्पर्कमा आउनेबित्तिकै मेसिनमा करेन्ट प्रवाह भएपछि नजिकै काम गरिरहेका मजदुरहरू त्यसको चपेटामा परेका थिए।
दुर्घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमै धर्ना दिएर विरोध प्रदर्शन गरेका छन्। स्थिति बुझ्न र घटनाको अनुगमन गर्न स्थानीय विधायक भगवानाराम सैनीसहित प्रहरी टोली घटनास्थल पुगेको थियो।
मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
घटनाप्रति राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै मजदुरहरूको असामयिक निधनको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com