info@nawayug.com

खोलामा डुबेर एक बालिकाको मृत्यु

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार (असार ३)दहमा डुबेर देवधारकी आयुसा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिकाको शव बुधबार राति नै परीक्षणका निम्ति उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए । रासस

प्रतिक्रिया