info@nawayug.com

आज पनि धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना

काठमाण्डौं । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । 

यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि  मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । हिजो र गए राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । 

केही दिनयता लगातार जसो पानी परिरहेको छ । अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ ।  


 

प्रतिक्रिया