काठमाण्डौं । फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान सुरक्षित गर्दा स्वीडेनमाथि ५–१ को फराकिलो जित निकाल्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
समूह ‘ई’ अन्तर्गत क्यानडाको टोरन्टोमा भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेनिस उन्डाभले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीले पुनरागमन जित निकालेको हो ।
डेनिस उन्डाभले ६८औँ मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै जर्मनीलाई महत्त्वपूर्ण जित दिलाए । यो जितसँगै जर्मनीले दुई खेलबाट ६ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान पक्का गरेको छ । आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
समूह ‘एफ’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ गोल अन्तरले जित हासिल गर्यो । नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबीले खेलको छैटौँ र १७औँ मिनेटमा गोल गरे ।
दोस्रो हाफको सुरुमै कोडी गाक्पोले अर्को गोल थपे भने ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ४–० बनाए । स्वीडेनका एन्थोनी एलांगाले एक गोल फर्काए पनि खेलको ८९औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको सहज जित सुनिश्चित गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com