काठमाण्डौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से २ दशमलव ६६ अङ्कले बढेर २ हजार ७८० दशमलव २५ विन्दुमा पुगेको छ ।
आज बैंक, फाइनान्स, जलविद्युत्, लगानी, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेकामा निर्जीवन बीमा समूहको सूचक ३ दशमलव ३७ प्रतिशतले उकालो लागेको छ ।
आज १४८ वटा कम्पनीका शेयर बढेकामा ११७ वटाका घटेको छन् । यस्तै ६ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।
आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नेपाल रिइन्सुरेन्सको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका १ करोड ३५ लाख कित्ता शेयर ५ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।
२० जेठ २०८३, बुधबार ०५:५६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com