वीरगन्ज । बारामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सिमरास्थित सम्झना स्टाफ होटलमा ३५ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सिमरा उपमहानगरपालिका–२ निवासी आयुष राईलाई पक्राउ गरेको हो ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार राईले शनिबार साँझ साढे ५ बजे सिमरा उपमहानगरपालिका–२ निवासी खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए । घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राईलाई धानबारीमा लुकेको अवस्थामा शनिबार राति नै पक्राउ गरिएको हो ।
राईलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ असोज २०८३, आईतबार १०:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com