काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार तथा दुई देशबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आएका हुन्।
उनको यस भ्रमणलाई प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको तयारी तथा नेपाल–भारत सम्बन्धका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।
१८ कार्तिक २०८३, बुधबार १२:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com