काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले हासिल गरेको सफलताले अमेरिकी जनता परिवर्तनको पक्षमा रहेको स्पष्ट पारेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै ओबामाले अमेरिकी जनताले विभाजनभन्दा एकता र आफ्ना समस्याको ठोस समाधान दिन सक्ने नेतृत्व चाहेको बताएका हुन्।
उनले अमेरिकी जनताले विभाजनकारी राजनीतिभन्दा मानिसहरूलाई एकताबद्ध गर्ने र नागरिकले सामना गरिरहेका चुनौती समाधान गर्न सक्ने नेतृत्वको अपेक्षा गरेको उल्लेख गरेका छन्।
ओबामाले निर्वाचनअघि मिसिगन र जर्जियाजस्ता प्रतिस्पर्धात्मक राज्यमा डेमोक्रेटिक पार्टीका विभिन्न उम्मेदवारको पक्षमा चुनावी प्रचारसमेत गरेका थिए।
उनका अनुसार निर्वाचनको नतिजापछि अब डेमोक्रेटिक पार्टीको जिम्मेवारी थप सक्रिय भएर काम गर्ने, सम्भव भएसम्म परिवर्तन ल्याउने, थप क्षति रोक्ने र भविष्यका लागि बलियो आधार तयार गर्ने रहेको छ।
ओबामाको प्रतिक्रियालाई मध्यावधि निर्वाचनमा पार्टीको सफलतापछि आएको राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com