info@nawayug.com

त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडौं । धादिङको कृष्णभीर खण्डमा सडक सुचारु भएसँगै त्रिभुवन राजपथ(बाइरोड) र कान्ति राजमार्गमा नियमित दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै आजदेखि दुबै सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्न खुला गरिएको जनाएको हो ।

यसअघि पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारीलाई एकतर्फी रूपमा सञ्चालन गरिएको थियो ।

उक्त व्यवस्थाअनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग हुँदै आउने व्यवस्था गरिएको थियो ।

कृष्णभीर सडकखण्डमा अवरोध हटेर सडक सञ्चालनमा आएसँगै पुरानो एकतर्फी व्यवस्था हटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया