info@nawayug.com

हिमाल डेन्टलको नेतृत्व सम्हाल्दै डा. निरन्जन आचार्य

काठमाडौं । सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको ‘हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेड’ ले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

अस्पतालको व्यवस्थापन सुदृढीकरण, सेवा विस्तार तथा रणनीतिक योजनालाई प्रभावकारी रूपमा अघि बढाउन डा. आचार्यलाई नेतृत्व सुम्पिएको संस्थाले जनाएको छ। उनले आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत बिरामीलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा तथा प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।

सन् २००३ मा स्थापित हिमाल डेन्टलले विशेषज्ञ उपचार सेवाअन्तर्गत डेन्टल इम्प्लान्ट, थ्रीडी सीबीसीटी एक्सरे (3D CBCT X-Ray), लेजर डेन्टिस्ट्री तथा आधुनिक शल्यक्रिया सेवा दिँदै आएको छ। साथै, संस्थाले इन्स्टिच्युट अफ डेन्टल साइन्समार्फत विभिन्न प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको छ।

हाल कम्पनी आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रियामा छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ। नयाँ नेतृत्वसँगै अस्पतालले सेवा विस्तार र आईपीओ प्रक्रियालाई थप तीव्रता दिने जनाएको छ ।

प्रतिक्रिया