info@nawayug.com

बारामा गोली लागेर किशोर घाइते, थप उपचार काठमाडौंमा हुँदै

काठमाडौँ । बारामा प्रहरीको गोली लागेर घाइते भएका आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । 

शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब १६ वर्षीय किशोर पासवान घाइते भएका थिए । सुरुमा उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो ।

नेशनल मेडिकल कलेजले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताए ।  नेशनल कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार राय तथा चिकित्सकीय टोलीले शल्यक्रिया गरी बालकको तिघ्राबाट गोली निकालेका थिए।

पासवानलाई काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।  सङ्घीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप हुँदा उनी घाइते भएका हुन् ।

घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

प्रतिक्रिया