info@nawayug.com

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका–८ धौनालीस्थित मिरराड भिरमा पुर्चौंडी–५ सल्लेरी निवासी अन्दाजी ५५ वर्षीय हरि साउँदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउँद बिहीबार साँझ मृत अवस्थामा फेला पर्नुभएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया