info@nawayug.com

सुनको मूल्यमा ठूलो पहिरो, तोलामै ८ हजार ३ सयले गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ हवात्तै घटेको छ। आज एकैदिन सुन प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार तोलामा ३ हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक सय ७५ रूपैयाँले घटेर ३ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया