info@nawayug.com

४ समस्याग्रस्त सहकारीका २२३ बचतकर्तालाई रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका २२३ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरिएको हो।

समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचतकर्ताको रकम फिर्ता गरिएको समितिले जनाएको छ। पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको हो।

समितिले बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः अन्य बचतकर्ताको रकमसमेत फिर्ता गर्दै जाने जनाएको छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम फिर्ता गर्ने प्रक्रिया निरन्तर चलिरहेको समितिले जनाएको छ।

प्रतिक्रिया