info@nawayug.com

निर्माण कार्यमा लापरबाही गर्ने २० कम्पनी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काममा लापरबाही गर्ने २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले कात्तिक २० गते गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २१ गते सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो।

कार्यालयका अनुसार सम्बन्धित कम्पनीहरूलाई कसुरको प्रकृतिअनुसार १ वर्षदेखि २ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरिएको छ।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिस तथा उजुरीका आधारमा अनुगमन कार्यालयले उक्त निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया