info@nawayug.com

वार्नरको डेब्यूसहित काठमाडौंले टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

केहीबेरमा सुरु हुने खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ। काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

यस खेलसँगै अस्ट्रेलियाका अनुभवी क्रिकेटर डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएलमा डेब्यु गर्दैछन्।

प्रतिक्रिया