बुटवल । बुटवलमा लगातारको वर्षापछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ अन्तर्गत पर्ने पारी सुस्तामा बाढी पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।
पारी सुस्ताका थारु टोल, मुसहर बस्ती र पहाडी टोलमा पानी पस्न थालेपछि स्थानीयवासी वारी सुस्तास्थित प्रहरी कार्यालय नजिकै निर्माण गरिएको आश्रयस्थलमा जान थालेका हुन्।
‘सुस्ता बचाउ अभियान’ का सहसंयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खालेका अनुसार पारी सुस्ताका बासिन्दालाई लक्षित गरी यसअघि नै आश्रयस्थल निर्माण गरिएको थियो। लगातारको वर्षाका कारण बस्तीमा डुबान हुन थालेपछि स्थानीयवासी अहिले त्यही आश्रयस्थलमा आउन थालेका छन्।
‘घरभित्र पानी पस्ने अवस्था भएपछि स्थानीयहरू सुरक्षित स्थानमा आउन थालेका छन्,’ खालेले भने।
उनका अनुसार थारु टोलमा मात्रै करिब ७८ घर छन्। थारु टोलसहित पारी सुस्ताका अन्य बस्तीमा समेत बाढीको जोखिम बढेपछि स्थानीयवासी आश्रयस्थलमा पुग्न थालेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com