भोजपुर । नेपाली कांग्रेस भोजपुरको १५औँ महाधिवेशनका लागि यस जिल्लाबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचनको प्रक्रियाबाट उनीहरू चुनिएका हुन् ।
जिल्लाभरका कुल १९४४ मतदातामध्ये १३११ मत खसेको थियो । खुल्ला, विभिन्न समूह तथा समावेशीसमेत गरी झण्डै ७० जना प्रतिस्पर्धी थिए ।
महाधिवेशन प्रतिनिधिको दौडमा होमिएका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी भने पराजित भएका छन् । खुल्लातर्फका उम्मेदवार उनी ४१६ मतमा रोकिए । १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका उनी पार्टीको खेलकुद विभाग प्रमुख थिए । बीचमा देउवा समूहमा रहेका उनी पछिल्लो समय संस्थापनको आव्हानबमोजिम गगनतिर समाहित भएका हुन् ।
नेविसंघको राजनीतिबाट उदायका उनी २०७४ मा प्रत्यक्षतर्फ संघीय चुनाव लडेका थिए ।
खुल्ला तर्फ
1. कैलाश कुमार आले – ७३१
2. बालकृष्ण थापा – ६०८
3. नन्दमणी राई – ६०६
4. सरोज बस्नेत – ५९८
5. बिनोद बान्तवा राई – ५९०
6. गजेन्द्र ब. कार्की (अरूण) – ५६०
7. सफल किरात – ५२९
8. हेमन्त मुकारूङ – ५२५
9. बाबुराम बस्नेत – ४८८
10. बीरबल राई – ४६५
महिला तर्फ
1. शिशिरा राई – ६३२
2. विनिता ढकाल – ५७३
3. अम्बिका राई – ५६९
4. माया राई – ५६९
श्रमिक तर्फ
1. महेश बस्नेत – ५८८
पेसागत तर्फ
1. अर्जुन बस्नेत – ५११
युवा खुल्ला तर्फ
1. अनोज कार्की – ५८४
2. सन्जय श्रेष्ठ – ३२७
अपाङ्गता तर्फ
1. बाबुराम राउत – ४२०
अल्पसङ्ख्यक तर्फ
1. जनक कुमार घले – ६२१
प्रजातन्त्र सेनानी/शहीद परिवार/द्वन्द्व पीडित
1. कृष्णबहादुर खड्का – ४५४
समानुपातिकतर्फ
आदिवासी जनजाति (महिला)
1. हेन्खामा राई – ५७६
2. कल्पना राई – ५४८
3. सिता श्रेष्ठ – ५१६
आदिवासी जनजाति (खुल्ला)
1. अशोक राई – ५९४
2. पुष्प ब. तामाङ – ४२८
3. आङबाउ शेर्पा – ३९८
4. तेन्जी शेर्पा – ३८३
खस आर्य (महिला)
1. निर्मला खड्का – ५३८
खस आर्य (खुल्ला)
1. गणेश बुढाथोकी – ३१३
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com