काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन जोड्यो । विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे ।
लोकेश बमले ५० तथा इमरान शेखले ५६ रन बनाउँदा आन्द्रे रसेल ५२ रनमा अविजित रहे ।
बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए ।
१७ कार्तिक २०८३, मङ्गलबार ०२:३६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com