मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक एकआपसमा ठोक्किँदा एक चालक गम्भीर घाइते भएका छन्।
शुक्रबार राति करिब ११ः३५ बजे हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको म प्र ०३–००२ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र विपरीत दिशाबाट काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको म।प्र।०३–००२ ख ४५०१ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिमेन्ट बोकेको ट्रकका चालक सिन्धुली जिल्ला दुधौली नगरपालिका–१४ निवासी करिब २४ वर्षीय टुल्कु सिंह तामाङ गम्भीर घाइते भएका छन्। उनको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि खटिएको प्रहरी टोलीले अर्को ट्रकका चालक मकवानपुर बागमती गाउँपालिका–७ निवासी करिब ४३ वर्षीय बेलकुमार स्याङतानलाई नियन्त्रणमा लिएको छ।
दुवै ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com