info@nawayug.com

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

मकवानपुर । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेबाट लागू हुने गरी सरकारी कार्यालयहरू तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय भएको छ,’ मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै उनले भने।

उनकाअनुसार कार्यालय समय बिहान ९ देखि ५ बजे कायम गर्ने निर्णय पनि भएको छ। 

उनले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरू गर्ने पनि निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया